जन सरोकार
अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ
सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
![](https://www.nepaljapan.com/wp-content/uploads/2019/01/arrest-1-1.jpg)
बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेको अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरिएको काफ्लेले बताउनुभयो ।
मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्