प्रदेशबागमती

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाको शनिबार बसेको आठौँ अधिवेशन बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८.७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।

शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले सरकारलाई मार्गदर्शकका रूपमा सुझावहरू प्रस्तुत गरी कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

यसै गरी उक्त बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन गरिनुपर्छ भनि प्रदेशसभाका सदस्यहरू क्रमशः रमेश पौड्याल, नरोत्तम वैद्य, रजनी जोन्च्छे अमात्य, पुकार महर्जन, विजया केसी श्रेष्ठ, शोभा शाक्य, रत्नप्रसाद ढकाल, सीता अधिकारी र सुरेन्द्रराज गोरसाईले राख्नुभएको प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको छ ।

सोही बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले राख्नुभएको समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ र अर्थ तथा विकास समितिका जेष्ठ सदस्य आङदेण्डी लामाले समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ प्रस्तुत गर्नुभएको थियो ।

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.