प्रबास

नेपाली बालबालिकालाई नेपालप्रति माया गर्न सिकाउनुपर्छ : डा. खतिवडा

विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को दोस्रो वार्षिक साधारण सभा गत शनिवार भवनकै प्राङ्गणमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले समुदघाटन गर्नुभएको छ ।

सो अवसरमा राजदूत डा. खतिवडाले अमेरिकामा सामुदायिक केन्द्रले नेपाली बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाएर सधैँको लागि नेपालप्रति माया गर्ने नागरिकको रुपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

डिसी क्षेत्रको सिङ्गो नेपाललाई चिनाउन न्याकले ठूलो भूमिका खेल्ने विश्वास लिंदै राजदूत डा खतिवडाले त्यसमा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता पनि पनि जनाउनुभयो ।

राजदूत डा खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली बालबालिकाहरुले नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान पनि गाएका थिए ।

यसै गरी निर्वाचन आयोगमा रहेका डा श्याम कार्की, डा गोपी उप्रेती (बिद्या वारिधि) प्रभा भट्टराई देउजा, सविना मैनाली र राजीव मैनालीले नव निर्वाचित कार्य समिति र बोर्ड अफ ट्रष्टी समितिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए ।

कार्यकारी समितिमा निर्वाचित हुनेहरुमा क्रमशः अध्यक्षमा चिकित्सक मदन उप्रेती (डा), वरिष्ठ उपाध्यक्षमा अभियन्ता (इन्जीनियर) ठाकुर ढकाल, उपाध्यक्षमा बिना खड्का लामा, महासचिवमा डा लेखनाथ अधिकारी, कोषाध्यक्षमा केशव बराल तथा उप कोषाध्यक्षमा हरि पुडासैनी रहेका छन् ।

यसै गरी कार्यकारी समितिको सदस्यहरुमा क्रमशः प्रेम पौडेल, तोया पौडेल, गुणराज लुइँटेल, प्रज्ञान आचार्य तथा लक्ष्मी शर्मा रहेका छन् । यस्तै लेखा समिति सदस्यहरुमा राजन अधिकारी तथा ग्रिष्म दाहाल निर्वाचित भएका छन् ।

बोर्ड अफ ट्रस्टी (गुठी समिति)को सभापतिमा अरुण रुपाखेती, उप सभापतिमा टीका मैनाली तथा सचिवमा पुरुषोत्तम सुबेदी रहेका छन भने गुठी सदस्यहरुमा गोपाल रेग्मी, प्रेम संग्रौला, चिकित्सक गुणराज सुबेदी, ददिराम ढुंगाना, गोबिन्दप्रसाद मैनाली, परशुराम भण्डारी, तारानाथ पोखरेल तथा मेदिनी अधिकारी रहेका छन् ।

शनिबारै बेलुका न्याकका दुवै पुराना कार्यसमिति र नयॉ कार्य समितिबीच मैत्रीपूर्ण भेटघाट र छलफलको आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.