जल/वातावरण

सोमबार थपिए चार सय ५१ जना संक्रमत, कुल संख्या छ हजार २ सय ११ पुग्यो

नेपालमा सोमबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । सोमबार मात्र ४ सय ५१ जना संक्रमित थपिएका छन् भने ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएकाृ जानकारी अनुसार थपिएका संक्रमितमा पुरूष ४१६ र महिला ३५ जना छन् । कुल संक्रमितमा ४ सय ७१ जना महिला र ५ हजार ७ सय ४० जना पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना डिस्चार्ज भएको र योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एकहजार ४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

त्यसै गरी नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिकामा रहेको क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारमा स्वास्थ्यकर्मीहरु संलग्न भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिनीहरुलाई कडा कार्वाही गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.