जन सरोकार

बमजमको आश्रममा सिआईबीको अर्को छापा- हातलाग्यो शून्य

आफूलाई बुद्धको अवतार बताउने रामबहादुर बमजमलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको (सिआईबी)को टोलीले छापा मार्यो तर बमजम त्यहाँ भेटिएनन् । बमजममाथि बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेको छ ।

बमजनलाई विभिन्न उजुरीमा पक्राउ गर्ने आदेश छ । पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन् । यसपालि भने उनी आश्रममै छन् भन्ने सूचना पाएपछि सिआइबी टोली पक्राउ गर्न आएको सिन्धुली जिल्ला प्रहरी प्रमुख एसपी रन्जु सिग्देल बताउनुभयो ।

प्रहरीले आश्रमका विभिन्न भवन र वरिपरि खोजे पनि उनी भेटिएनन् । बमजनको आश्रम वरीपरि घना जंगल छ । यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो । अहिले भने बमजन त्यहीँ छन् भन्ने सूचनाका आधारमा सिआइबीको टोली आश्रम पुगेको हो ।

बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ । बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् ।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ ।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ । गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन् । अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.