राजनीति

नगरपालिकाबाट अलग भएर गाउँपालिका गठनको माग

उदयपुरको कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकामै बस्दा दैनिक कामकाजमा समस्या भएको भन्दै सो माग गरेका हुन् ।

वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङ्गलबार नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई भेटर ज्ञापन पत्र बुझाएका छन् ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले भौगोलिक हिसाबले पनि यी वडाहरु दुर्गम भएकाले त्यहाँको समस्या र जनप्रतिनिधिहरुले उठाएका मागका सम्बन्धमा आफू गम्भीर भएको बताउँदै छुट्टै गाउँपालिका गठन गर्न सहज नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button