जन सरोकार

निषेधाज्ञा खुकुलो भएसंगै सप्तरीमा मास्क बैंक स्थापित

कोरोना भाइरस संक्रमण नियनत्रणका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको मास्क लगाउने र भौतिक दूरी कायम गर्ने रहेको छ । यस्तोमा निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि सप्तरीका क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा  मास्क बैंक स्थापना गरिएको छ ।

इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट र कोरोना सहजीकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेका हुन् ।

“हुनेले दिएर जाआँैं, नहुनेले लिएर जाऔंँ” नारासहित स्थापित बैंकको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले उद्घाटन गर्दैे कोरोना जोखिमको अवस्था कायमै रहेकाले निःशुल्क मास्क बैंकको स्थापना भई महामारी न्यूनीकरणमा थप सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.