जन सरोकार

प्रेस काउन्सिल नेपालले गरायो प्रेस काउन्सिल अफ इण्डियाको ध्यानाकर्षण

नेपाल र नेपाली जनताको चरम अपमान हुने गरी भारतीय टिभी च्यानलहरुले आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल अफ इण्डिया समक्ष बिरोध गर्दै ध्यानाकर्षण गराएको छ ।

काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले दिनुभएका जानकारी अनुसार भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखिएको छ ।

त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ । काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर डट कम’ लाई बन्द गरेको छ ।

त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरिएको अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या १०० पुगेको छ ।

नेपालमा भारतीय टिभी च्यानल धमाधम बन्द हुने क्रममा

पत्रकार महासंघद्वारा भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारको भत्र्सना

भारतीय मिडियाबिरुद्ध राजनीतिक र कानुनी उपचार खोजिने : तत्काललाई प्रतिबन्ध लगाउन माग

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.