जन सरोकार

नेपालमा भारतीय टिभी च्यानल धमाधम बन्द हुने क्रममा

नेपालको राष्ट्रिय अस्मिता र अखण्डतामाथि धावा बोल्ने भारतीय टिभी च्यानलहरु धमाधम बन्द हुने क्रममा रहेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको आग्रहमा कतिपय केवल टेलिभिजन संचालकले बिहिबारदेखि नै भारतको सरकारी टेलिभिजन दुरदर्शन बाहेकका कतिपय च्यालल बन्द गरिसकेका छन् ।

यसै गरी सरकारले पनि यस विषयमा शुक्रबार वृहद छलफलको आयोजना गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार भारतीय टेलिभिजन च्यानलको ज्यादतिविरुद्ध शुक्रबार नेपाल सरकारले टेलिभिजन बितरकहरुको भेला डाक्ने भएको छ ।

नेपालमा सँसारभरका टिभी च्यानललाई एकीकृत रूपमा बितरण गर्ने १३ वटा मल्टी सर्भिस अपरेटरमध्ये लाइसेन्स होल्डर ४ वटा, स्याटेलाइटवाला डिस होम, ईन्टरनेट प्रोटोकोलवाला सुबिसु, प्रभूसहितलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाइएको छ ।

सरकारले बिदेशबाट नेपालको राष्ट्रिय हितविरोधी गतिविधिलाई प्रोत्साहन हुन नदिन निर्देशन जारी गर्न लागिएको हो । यसै गरी चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.