राजनीति

“सर्वोच्चको फैसला कसैको जीत हारको विषय हैन”

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि कांग्रेसले एक विज्ञप्ति जारी गरी यो कसैको व्यक्तिगत जीत वा हारको विषयका रुपमा नलिन अपील गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिनुभएको छ ।

विज्ञप्तिमा देउवाले सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको भन्दै यसले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको, देश र जनतको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई अझ जिम्मेवार बनाएको बताउनुभएको छ ।

त्यसै गरी सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दल, सबै कानून व्यवसायी, भातृ तथा शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई बधाई समेत दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.