कला/मनोरन्जनकलिउड

मानवताका आधारमा दीपाश्रीलाई क्षमा गरिदिन राजेशको आग्रह (भिडियो सहित)

झण्डै दुई हप्ता यता मुलुकको चलचित्र क्षेत्रमा पक्ष विपक्षमा विभक्त भएर राजेश हमाल र दीपाश्री निरौलाका विषयमा केन्द्रित भएको छ । दीपको अति नै आलोचना भएपछि हमालले क्षमा गरिदिन आग्रह गरेका छन् ।

लामो समयसम्म मौन रहेका राजेश हमालले आम दर्शक र जनसमुदायबाट यस विषयमा व्यक्त भएको आक्रोश र प्रतिक्रियालाई सामान्य बनाउने प्रयास गर्दै भिडियो सन्देशमा जारी गरेका हुन् ।

राजेश हमाल कसरी महानायक भन्ने दीपाको प्रतिक्रियापछि उनीमाथि अत्यन्त ठूलो प्रहार भयो सामाजिक सञ्जालबाट । कतिपय संचारले दीप डिप्रेशनमा गएको समेत खबर आएपछि राजेशले कसैको अभिव्यक्तिलाई यति ठूलो विषय बनाउन आग्रह गरेका छन् ।

राजेशले आफू कुनै पनि विषयमा तत्काल प्रतिक्रिया नजनाउने र आफूमा यो शक्ति दर्शकहरुले दिएको ऊर्जाबाट प्राप्त भएको बताउँदै आम दर्शकलाई अलिक फराकिलो भएर कसैको अभिव्यक्तिलाई वृहत दृष्टिकोणले हेरेर मानवता नभुलेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

राजेशले नेपाली सिने क्षेत्रको हितका लागि मात्र नभएर मानवताका लागि कसैबाट कुनै त्यस्तो अभिव्यक्तिप्रति आक्रोश र ठाडो टिप्पणी नगरी क्षमाा गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.