खेल

चतुरानन्दराज बैद्य नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा नियुक्त

नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त हुनुभएको छ । ओलम्पिक कमिटीको इतिहासमा पहिलोपटक कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

बुधबार एनओसीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बैद्यलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पनुभएको हो ।

नेपाल टेबुल टेनिस सङ्घका अध्यक्षसमेत रहनुभएका बैद्यलाई एनओसीको इतिहासमै कार्यकारी निर्देशक पदमा पहिलो पटक नियुक्त गरेको हो ।

टेबुल टेनिसका पूर्वखेलाडीसमेत रहनुभएका बैद्य विसं २०४६ बाट टेबुल टेनिस सङ्घमा आवद्ध रहँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.