जल/वातावरण

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु : बिहिबार थपिए १ सय ४७ जना

बिहिबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना हुनभएका उहाँको उपचारका क्रममा यही साउन ७ गते निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

यसै गरी बिहिबार देशभरमा १ सय ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा नौ जनासंगै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ४८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५८ पुगेको छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १२४, प्रदेश नं २ मा एक हजार ८९७, वाग्मती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश नं ५ मा ३४४, कर्णाली प्रदेशमा ३०४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३८ रहेको छ ।

कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५६ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ८४० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या २० हजार ९८ जना रहेको छ ।

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार १८० छन् । आज मात्रै १०० जनाले इन्ट्री गरेकामा कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.