कला/मनोरन्जनकलिउड

सामाजिक चेतनामूलक चलचित्र ‘अटिजम’ (चलचित्रसहित)

बालबालिकाहरुमा बढ्दो समस्याका रुपमा रहेको अटिजमबारे पर्याप्त चेतनाको अभाव छ भने यस विषयमा चेतनामूलक सामग्रीहरुको पनि अभाव प्रचूर छ ।

सूचना प्रविधि र सामाजिक सञ्जालहरुको बढ्दो प्रयोगमा अटिजम लगायतका बालबालिकासंग सम्बन्धित समस्याहरुलाई उजागर गर्ने र उनीहरुप्रतिको दृष्टिकोण र सुनिश्चित भविष्यका बारेमा चेतना दिलाउनु अति आवश्यक छ ।

यसै विषयमा सन्देशमूलक साहित्यिक चलचित्र ‘अटिजम’ निर्माण भएर विश्वव्यापी मनोरञ्जन च्यानल युटुबबाट सार्वजनिक भएको छ । यसलाई कपन बानेश्वर साहित्यिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रिच भिजन सिनेम्याक्स स्टुडियोको तर्फबाट कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रकाशक तथा सम्पादक निबन्ध आचार्यको प्रस्तुति रहेको यस चलचित्रलाई साउन ५ गते सोमबार सार्वजनिक गरिएको हो ।

अटिजमसम्बन्धी सामान्य जानकारीसहित युवाहरुको विदेश पलायनको यथार्थलाई प्रस्तुत गरिएको चलचित्र्र केशव सान्दाइको निर्देशन रहेको छ । त्यस्तै उहाँकै संगीत रहेको छ भने साहित्यकार विक्रम श्रेष्ठ सागरको सहनिर्देशन रहेको छ ।

चलचित्रमा साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागरसँगै गङ्गा पौडेल, प्राडा रामप्रसाद ज्ञवाली, शङ्कर भारती, वेदमणि घिमिरे, विष्णुबहादुर सिंह, प्रभा श्रेष्ठ, रामकुमार पण्डित, सुशीला पौडेल, पुण्यराज पुडासैनी, राजबाबु श्रेष्ठ सागर, विजय कट्टेल, माधवलाल श्रेष्ठ, दिवाकर शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

त्यसै गरी चलचित्रको कथा तथा निर्माण निबन्ध आचार्यले लेख्नुभएको छ भने पटकथा तथा संवाद विक्रम श्रेष्ठ सागर, नृत्य निर्देशन दीपक तामाङ र छायांकन तिलक गौतमको रहेको छ ।

चलचित्रमा सुशील पोखरेल, शुष्मा कार्की, प्रतीक शर्मा, सृष्टि आचार्य, करुणा पोखरेल, मिठुकृष्ण श्रेष्ठ, पुष्कर जङ्गम, सौरव ढकाल, श्रद्धा कोइराला तथा अटिजम भएका सम्मान आचार्य सहित ५० भन्दा बढी नयाँ र पुराना कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.