राजनीति

लकडाउन मात्र हैन- आवश्यक परे कफ्र्यू लगाउन प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

लकडाउन खुला गरेपछि कोरोना भाइरस संक्रमण समुदायमा पुगेकोआशंका विज्ञहरुले गरिरहेका बेला मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले तत्काल लकडाउन गर्न सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षे त्रका विज्ञहरूको छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन नगरेमा थप भयावह हुन सक्ने चेतावनी दिंदै कतिपय विज्ञहरूले त कर्फ्यूसमेत लगाउन सुझाव दिएका छन् ।

पछिल्लो समय वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्नुभएको हो । छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.