राजनीति

प्रतिनिधिसभा र प्रदेशसभामा पनि गठबन्धनको तालमेल

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर ठूलो सफलता पाएको सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले भदौ पहिलो साताभित्र तालमेलको खाका तयार गर्ने गरी कार्यदल समेत बनाउने भएको छ ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तालेमलेको निम्ति सबै दलका सदस्य सम्मिलित कार्यदल बनाएर छिट्टै पूर्णता दिने तयारी गरेको बताउनुभयो ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ ।

मंसिर चार गते प्रतिनिधिसभा र प्रदेशको निर्वाचन : विद्युतीय मतदान नहुने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.