उपत्यकाभर विविध क्षेत्रमा लाग्यो प्रतिबन्ध, आदेश उल्लंघन गरे जेल सजाय
कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही गतिविधिमा रोक लगाएको छ । संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै प्रशासन कार्यालयले आदेश जारी गरेको हो ।
शुक्रबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० बुँदे आदेश जारी गरेको छ । सो आदेश शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुनेछ । आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही समेत हुने आदेशमा उल्लेख छ ।
उक्त दफामा उल्लेख छ, ‘आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ । गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारीले ती व्यक्तिलाई उपयुक्त सम्झेको संक्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।’
प्रतिक्रिया राख्नुहोस्