राजनीति

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनुभएको छ । महर्षि कलेज सामाखुशीले शनिबार आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गर्नुभयो । उहाँले शिक्षा सँगसँगै मानसिक स्वास्थ्यलाई पनि विद्यार्थीले ख्याल दिनुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा इकाई समन्वय काठमाडौँका प्रमुख सुरेश जोशीले छोटो समयमा महर्षि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । शिक्षा भनेको व्यक्तिभित्र रहेको प्रतिभालाई उजागर गरेर देखाउने माध्यम भएको उहाँको भनाइ थियो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवं पूर्वसांसद प्रकाशचन्द्र दवाडीले २० वर्षको इतिहास बोकेको महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, बेलिमाया पुलामीमगरलगायतले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो भने विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.