राजनीति

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय

कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ ।

कारागार सरुवाका लागि निवेदन दिनुभएका सभापति लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार उक्त निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ । “कारागार सरुवाको निर्णय गरेर आजै(शुक्रबारै) पत्र पठाइसकेका छौँ”, “सूचना अधिकारी जोशीले भन्नुभयो, “सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.