राजनीति

रविलाई आजै काठमाडौंको नख्खु कारागार ल्याइने

जिल्ला कारागार रुपन्देहीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार दिउँसो काठमाडौं ल्याए नख्खु कारागारमा राखिने तयारी भएको छ।

रवि लामिछाने

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारको थुनामा रहनुभएका लामिछानेले कारागार स्थानान्तरणका लागि अनुरोध गरेअनुसार अदालतले अनुमति दिए पनि लामो समयसम्म गृह प्रशासनले रोकेको थियो ।

केही दिनअघि मात्र राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनपछि कारागाररमा लामिछानेको न्यूनतम मानवअधिकार समेत हनन् भएको बताएपछि सरकारले कारागार स्थानान्तरण गर्न लागेको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार शनिबार दिउँसो बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याएर नख्खु कारागारमा राखिनेछ।

विभागले शुक्रबार मात्रै लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय गरेको थियो। लामिछानेले यसअघि डिल्लीबजार कारागार सरुवाका लागि निवेदन दिए पनि विभागले नख्खु कारागार पठाउने निर्णय गरेको हो ।

रवि लामिछाने आधारभूत मानवाधिकारबाट वञ्चित

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.