राजनीति

रवि लामिछाने नक्खु कारागारको चार सय कैदीबन्दी भएको ब्लकमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा ल्याइएको छ । कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब चार सय कैदीबन्दी राखिएको छ ।

रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ । सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई शनिबार साँझ नक्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिनुभयो ।

कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उहाँलाई नक्खु कारागार ल्याइएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नक्खु कारागारमा ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.