जन सरोकार

आज राति १२ बजेदेखि राजधानी उपत्यकामा निषेधाज्ञा (के के गर्न पाइन्छ ?)

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लाग्नेछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछन् ।

त्यस्तै निषेधाज्ञाको अवज्ञा गर्नेमाथि कानुन बमोजिम कडा कार्वाही गरिनेछ भने आद्यान्न लगायतका वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्य लिनेलाई तत्काल कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा जनाइएको छ ।


प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.