जापान

प्रधानमन्त्री किशिदा कोरोना सङ्क्रमित

पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र हुँदै गएको जापानमा प्रधानमन्त्री फुमियो किशिदा पनि सङ्क्रमित हुनु भएको छ।

प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उहाँमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ ।

उहाँ अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहनुभएको छ । उहाँलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो ।

जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो तर उहाँमा शनिबारदेखि सङ्क्रमणको लक्षण देखिन थालेपछि अहिले आराम गरिरहनु भएको छ।

४ लाख ८२ हजारको परीक्षण गर्दा २ लाख ५५ हजार संक्रमित

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.