राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

यसैगरी कांग्रेसको आगामी असोज १६ गतेदेखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुअल’ बैठक गर्ने सचिव थापामगरले बताउनुभयो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिकाबमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतसँगको यही भदौ ६ गते भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.