रविलाई थुनमै पठाउने आदेश बिरुद्ध उच्च अदालतमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भागमा पर्ने विगो बराबरको धरौटी बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न दिएको निवेदन अस्वीकार गरेको जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ ।
लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिनुभएको थियो ।
सो निवेदन उपरको बहसपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
सोही आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा हुनुहुन्छ । हाल उहाँलाई नख्खु कारागारमा राखिएको छ ।





प्रतिक्रिया राख्नुहोस्