क्रिकेटखेल

केन्याबिरुद्धको टी-२० श्रृङ्खला नेपाललाई

नेपाल र केन्याबीचको ५ टी-२० श्रृङ्खलाको उपाधी नेपालले हात पारेको छ । मंगलबार साँझ सम्पन्न अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै श्रृङ्खला ३-२ ले जितेको हो ।

यसअघिका चार श्रृङ्खला २-२ को बराबरीमा रहेको अवस्थामा नेपालले उत्कृष्ट ब्याटिङ गरी केन्यालाई जितका लागि १७६ रनको चुनौति दिएको थियो । नेपालले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।

नेपालले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको केन्या ७ विकेटको क्षतिमा १ सय ४४ रनमा सीमित भयो । केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दीप लामिछानेले र बसीर अहमदले २२ तथा करण केसी १, दीपेन्द्र सिं ऐरी र आदील आलमले ११ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले केन्यालाई ठूलो लक्ष्य दिने क्रममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सानदार प्रदर्शन गर्दै अद्र्धशत प्रहार गरे । मल्लले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरी ५९ रन बनाए ।

त्यस्तै रोहित पौडेलले बिस्फोटक ब्याटिङ गर्दै २५ बलमा ७ चौका प्रहार गर्दै ४७ रन बनाए भने ओपनर अर्जुन साउद २९ र दीपेन्द्र सिं ऐरीले २२ रन बनाए भने मोहम्मद आदील ४, विवेक यादव २ र पवन सर्राफ १ रनमा आउट भए । सोमपाल कामी शून्य र करण केसी २ रनमा अविजित रहे ।

ज्ञानेन्द्रको अद्र्धशतकीय पारी, केन्यालाई नेपालले दियो विशाल लक्ष्य

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.