राजनीति

सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय

सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका कर्मचारीको पनि सरकारको निर्णय बमोजिम श्रेणीगत रुपमा पारिश्रमिकवापतको रकम कट्टा गरी उक्त उद्धार कोषमा जम्मा गरिनेछ ।

सभामुख सचिवालयले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउनु सबैको दायित्व भएको स्पष्ट गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.