बिचार

‘एकद्वार’सँग ओलीको एकल लडाइँ !

एमालेका नेता केपी शर्मा वली रसुवा र नुवाकोटका बाढी पीडितलाई आफ्नो पाटीको तर्फबाट दिने १ करोड २० लाखको राहत रकम आँफै बाँड्ने निर्णयमा पुगे ।

आफ्नो पाटीले दिने राहत रकम प्रधानमन्त्री राहत कोषमा नहालेर आफैले बाँडनुको पछाडि दिइने रकम आफ्ना कार्यकर्ताले मात्र पाउन भन्ने सोच रहेको हुनसक्छ ।

त्यसैले उनले यसअघि नै प्रधानमन्त्री राहत कोषमा पैशा नहाल्ने र आफ्ना कार्यकर्तालाई आफै राहत बाँड्ने कुरामा अडान लिएर बसिरहेका र बुधबारमात्रै बाढी पीडित क्षेत्रमा पुगेर आएछि अब आफ्नै नेता कार्यकर्ता पठाएर राहत बाँड्दैछन् ।

उनले छुट्याएको १ करोड २० लाख रकममध्ये उनी आफू हेलिकप्टरमा सम्बन्धित क्षेत्रमा जाँदाको खर्च र त्यहाँ जाने नेता तथा कार्यकर्तालाई बस्न खान र त्यहाँ बस्दाको भत्ता दिएछि बचत रहेको त्यै साठीसत्तरी लाख रकम मध्येबाट त्यहाँ बाँड्ने र बाँड्दा पनि त्यहाँका पीडितको आवश्यकता हेरि बाँडिने हो कि एमालेलाई मनमा लागेको दिने हो त्यो चाईँ थाह छैन ।

एमालेका पहिलाका क्रियाकलाप र गतिविधि हेर्दा आफ्ना मतदाता र कार्यकर्तालाई लक्षित गरी बाँडन लागेको राहतले भविष्यमा एमालेको जगथाम्न मद्दत गर्ने हो कि हल्लाउन त्यो त भविष्यले नै बताउला ।

तर, ऐले राहत एकद्वार प्रणालीबाट बाँड्ने भनेर सरकारले जुन राहत कोष खडा गर्यो त्यसमा एमालेको राहत रकम नहाल्ने भनेर जुन जिद्दीपन वलीले देखाए त्यसमा पाटीका अरु नेताहरुले नि वलीको त्यो निर्णय विरुद्ध जसरी वाफ फाफ्न सकेका छैनन् त्यसले एमालेका विष्णु पौडेल, शंकर पोखरेल जस्ता ठूला नेताहरुलाई नि ठूलो असर गर्नेछ ।

बिहिवारदेखि बाँडने भनेको यो राहतमा कुन नेताले कति खाए, कति लए, कति आफन्तलाई दिए, कति पाउनु पर्नेले पाएनन् ती सबैको लेखाजोखा गर्न कस्सिएका युटुबले एमालेको कति धज्जी उडाउने हुन् त्यो देख्न, सुन्न र हेर्न त गोडा दुएक दिनाँ पाइने होला । लामो समय कुर्नु पर्ने पनि छैन ।

आजसम्म राहत र उध्दारको काममा सेना, प्रहरी र कर्मचारी मात्रै खटेकाले राहत र उध्दारमा कहिँ कसैलाई टिकेर गुनासो गरिएको सुनिएको थिएन ।

राजनीतिक दलले आपसमा आआफ्नो पाटीको धारणा सार्वजनिक गर्नु स्वभाविक थियो तर अब स्पस्ट रुपमा एमालेहरु सरकारप्रति द्वैषको भावना देखाएर जसरी राहत बाड्न आँफै फिल्डमा उत्रिँदैछन, यसले बनहिरबाट जाने एमालेलाई त कुनै फरक नपर्ला तर स्थानीय स्तरमा रहेका एमाले नेता कार्यकर्ताहरुलाई भने थामी नसक्नु बोझ पनि पर्न सक्दछ ।

अर्कोतिर सरकारले नै राहत बाँड्ने गरेकोमा कुनै दल विशेषका नेता त्यहाँ गएर राहत बाँडन लाग्दा अशान्ति उत्पन्न पनि हुन सक्दछ ।

त्यसैले एमाले नेता वलीले यो सरकारसित हरेक कुरामा पौँठेजोरी खोज्नु भन्दा राहतको विषय दलभन्दा नितान्त भिन्न र फरक विषय भएकोले रास्वपाको सरकारसित रिस र द्वैष साध्नु भन्दा पनि राहत भन्ने कुरा पीडितसित सरोकार राख्ने भएकाले यस विषयमा अरु कार्यकर्ताले पनि वलीलाई कुरा राख्दा राम्रो हुने देखिन्छ ।

हैन वलीको पतनसितै एमालेको नि पतन हेर्ने र चाहने हो भने वली जे गर्न चाहन्छन त्यो गर्न दिन उनलाई खुला छोड्दिनु पर्छ । जबदेखि वलीलाई जेनजीले सत्ताच्युत गरे त्यसबेला देखि नै ईबी पालेर बसेका वली अँझै पनि ठूलै राजनीतिक धोका नखाई रास्वपाप्रति राम्रो धारणा बनाउने देखिँदैन ।

छिमेकी मुलुकमा काँग्रेस नेता राहुलको नेतृत्वले जसरी भारतमा काँग्रेस पतन भएर गयो त्यै हालत वलीले नेपालको एमाले पाटीलाई र आफूलाई गराउँदैछन् ।

उमेरले आँफू त डाँडा पारीका घाम थिए थिए तर एमाले -(कमिनिष्ट) पाटीलाई नि आफैसित बसाउने अवस्था आएछि नेपालमा कमिनिष्ट नै सकिने हैनन् भन्ने चिन्ता बिविचरा अरु कमिनिष्ट पाटीहरुलाई पो पर्न थालेको छ ।

हामी जनतालाई त केछ र कमिनिष्ट सक्किए नि के अनि दिनै कमिनिष्टसित गठबन्धन गरेर काँग्रेस सकिय नि के ! हाम्र दुख यिनैका यिनै हुन !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.