दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उहाँले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको जानकारी दिनुभयो ।
गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उहाँहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुग्नुभएको थियो ।
गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको उच्च कदर गरिएको उल्लेख गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्