राजनीति

विपद्को समयमा राजनीतिक र राष्ट्रिय सहमति कायम राख्न सभापति लामिछानेको जोड

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकमा सभापति लामिछानेले उक्त विषयमा विशेष जोड दिनुभएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।

प्रवक्ता खरेलका अनुसार सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निस्किएका निष्कर्षबारे पनि सचिवालय बैठकलाई जानकारी गराउनुभएको थियो।

‘विशेषगरी सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे जानकारी गराउनुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता खरेलले भन्नुभयो, ‘सर्वदलीय बैठकमा व्यक्त गरिएको ऐक्यबद्धताको उहाँले स्वागत गर्दै सबै राजनीतिक दलप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।’

प्रवक्ता खरेलले थप भन्नुभयो, ‘विपद्को यस घडीमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्नुपर्नेमा सभापति लामिछानेले जोड दिनुभएको छ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.