अरुणोदयका पूर्व विद्यार्थी र पूर्व शिक्षकहरुको सहकार्य
अरुणोदय माध्यमिक विद्यालय गोकर्णेश्वर–९ आरुबारीका पूर्व विद्यार्थीहरु र पूर्व शिक्षकहरुबीच सो विद्यालयको शैक्षिक उन्नयनका लागि सहकार्यको आरम्भ भएको छ । शनिबार आयोजित एक कार्यक्रममा पूर्व शिक्षक, पूर्व विद्यार्थीहरुले एकसाथ आर्थिक सहायताको घोषणा गरी सहकार्यको अभियान थालनी भएको हो ।

असोज ९ गते शनिबार समाजले एक कार्यक्रमको आयोजना गरी वरिष्ठ पत्रकार, साहित्यकार तथा सोही विद्यालयका पूर्व विद्यार्थी अनि सोही विद्यालयमा स्वयंसेवी शिक्षकका रुपमा लामो समय अध्यापन गराउनुभएका विजय चालिसेले, पूर्व शिक्षक गंगाराम सापकोटा, वरिष्ठ गायिका तथा समाजसेवी ज्ञानु राणा तथा तथा पूर्व विद्यार्थी पेमा शेर्पालाई सम्मान गरेको थियो ।
सम्मानपछि आफ्नो मन्तव्य राख्नुहुँदै वरिष्ठ पत्रकार चालिसेले आफू अरुणोदय माविको पूर्व विद्यार्थी समेत रहेको जानकारी गराउनुहुँदै आफूलाई आफूले अध्ययन गरेको, अध्यापन गरेको विद्यालयका पूर्व विद्यार्थीहरुले गरेको सम्मान आजसम्म पाएका सबै सम्मानभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाजका तर्फबाट विद्यालयको शैक्षिक विकासका लागि योगदान पुगोस भन्ने उद्देश्यले रु. एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
सोही कार्यक्रममा पूर्व विद्यार्थी तथा समाजका सल्लाहकार अञ्जन कुमार घिमिरेले आफूलाई घरदेखि विद्यालयसम्म डोर्याएर पुर्याउने स्व. पिता ठाकुर घिमिरेको स्मृतिमा ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पूर्व शिक्षक गंगाराम सापकोटाले आफ्ना विद्यार्थीहरुले गरेको सम्मानबाट आफू गौरवान्वित भएको बताउनुभयो । अर्का सम्मानित व्यक्तित्व वरिष्ठ गायिका ज्ञानु राणाले अरुणोदय माविले विस्तारै उन्नति गर्दै गरेको आफूले जानकारी पाएको बताउनुभयो ।
स्मरणीय रहास् गायिका राणाले अरुणोदय उच्च माविसमा इञ्जिनियरिङ अध्ययनरत एक विद्यार्थीलाई व्यक्तिगत तवरमा छात्रवृत्ति प्रदान गर्नुभएको छ । त्यस्तै उहाँले विद्यालयको शैक्षिक विकासका लागि अनेक सहयोग गर्दै आउनुभएको छ ।
पूर्व विद्यार्थी पेमा शेर्पाले एक विद्यार्थीको शैक्षिक खर्च व्यहोनुृभएको छ । हाल उहाँ विदेशमा रहनुभएकाले उहाँको सम्मान समाजका उपाध्यक्ष रुपक थापालाई हस्तान्तरण गरिएको थियो ।
सम्मान समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष तथा पूर्व विद्यार्थी राजिव थापाले सामुदायिक विद्यालयमा स्थानीयबासीको आकर्षण कम हुँदै गएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्तो अवस्था अन्त्यका लागि पूर्व विद्यार्थी समाजले सेतुको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले समाजलाई आफ्नो तर्फबाट गर्नसक्ने हरप्रकारको सहयोगका लागि सदा तत्पर रहने बताउनुभयो ।
त्यसै गरी विशिष्ठ अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै अरुणोदय मावि व्यवस्थापन मितिका अध्यक्ष तथा पूर्व विद्यार्थी एवं गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दीपक रिसाले विद्यालय व्यवस्थापन, प्रधानाध्यापक, शिक्षक–शिक्षिकाको कडा मेहेनतले प्राविधिक शिक्षा संचालन गर्न सकिएको जानकारी दिंदै पूर्व विद्यार्थी समाजले शैक्षिक स्तरोन्नतिका लागि ठूलो सघाउ पु¥याउनसक्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले विद्यालयको विगतको अवस्था र वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै पूर्व विद्यार्थीहरु संगठित भएर विद्यालयलाई सहयोग गरिरहेकोमा आभार व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक रीता रायमाझीले समाज गठनपछि आफूसंग पूर्व विद्यार्थीहरुले सम्पर्क गर्न थालेको र विद्यालय तथा विद्यार्थीहरुलाई सहयोग गर्न सुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष त्रिलोचन पौड्यालले पारदर्शिता र इमानमा रहेर काम गर्दा सबैको साथ र सहयोग पाइनुका साथै सफलता पनि मिल्ने बताउनुभयो । उहाँले समाजले स्थापनाकालदेखिको १५ महिनामा गरेका विविध कार्यहरुको जानकारी दिंदै आफूले अध्ययन गरेको विद्यालयको गुणस्तर वृद्धिमा सदैव समाज लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्व विद्यार्थीले गरे अरुणोदय उमाविलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
कार्यक्रम संचालन गर्दै सचिव यादब देवकोटाले समाजको उद्देश्य विद्यालयको शैक्षिक स्तर उकास्ने र गरीब र जेहेन्दार विद्यार्थीले खर्चको अभावमा अध्ययन छाड्नुपर्ने अवस्था सिर्जना हुन नदिने रहेको बताउनुभयो । उहाँले समाज गठनदेखि आजसम्म विविध कार्यक्रमको आयोजना गर्दा आर्थिक अभाव नभएको र स्वच्छ मनले पवित्र उद्देश्य लिएर अघि बढ्दा आर्थिक अभाव नहुने बताउनुभयो ।
कार्यक्रम समाजका अध्यक्ष त्रिलोचन पौड्यालको सभापतित्व, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष तथा पूर्व विद्यार्थी राजिव थापाको प्रमुख आतिथ्यता र अरुणोदय मावि व्यवस्थापन मितिका अध्यक्ष तथा पूर्व विद्यार्थी एवं गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दीपक रिसाल र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल र सहायक प्रधानाध्यापक रीता रायमाझीको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्