राजनीति

सानेपामा शेखर कोइराला समूहको धर्ना

नेपाली कांग्रेसको नेतृत्वसंग असन्तुष्ट रहेका डा. शेखर कोइराला समूहले समानुपातिक उम्मेदवारहरुको सूची सच्याउने माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।

पार्टीभित्र समानुपातिकमा नेताहरूले श्रीमती र भाइभतिजालाई राखेकोमा असन्तुष्टि छ । केन्द्रीय सदस्य आरजु देउवा, मञ्जु खाणलगायत समानुपातिक सूचीमा छन्।

सो समूहको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म मौन भएर धर्ना दिएको हो । धर्नामा कसैका बिरुद्ध कुनै नारा लागेको थिएन ।

कोइराला समूहले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउँदा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको आरोपसहित सूची सच्याउन माग गर्दै आएको छ ।

उनीहरूले असोज १४ भित्र समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति देउवासँग माग गरेका छन् । सभापति देउवाले समानुपातिक उम्मेदवार सूची केही संशोधन गर्न सकिने बताइसक्नुभएको छ ।

नेताहरू जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत धर्नामा उपस्थित नेताहरूले अधिकांश ठाउँमा कांग्रेसका उम्मेदवार हुनुपर्ने र रूखमा भोट हाल्न पाउनुपर्ने माग गरिरहेका छन् ।

कांग्रेसले केही समयअघि नै केन्द्रीय समितिबाट निर्णय गर्दै गठबन्धन गरी जाने निर्णय गरेको थियो । त्यसबेला खासै विरोध भएको थिएन । तर अहिले उम्मेदवार सूची बनाउन थालेपछि पार्टीका आन्तरिक विषय र गठबन्धन गर्नेजस्ता कुरालाई लिएर कांग्रेसभित्र विवाद देखा परेका छन् ।

शेखर समूहको आन्दोलनको चेतावनीपछि पछि हट्दै देउवा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.