जापान

फुमियो किशिदा जापानको प्रधानमन्त्रीमा निर्वाचित

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता तथा पूर्व विदेशमन्त्री फुमियो किशिदालाई त्यहाँको संसदले नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । किशिदा जापानको एकसयौं प्रधानमन्त्री हुनुहुन्छ ।

सोमबार जापानको दुबै सदनमा भएको मतदानमा किशिदाले आफ्ना प्रतिद्वन्द्वीलाई भारी अन्तरले पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । उहाँले ४ सय ६५ सिट रहेको तल्लो सदनबाट ३ सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

प्रधानमन्त्री योशिहिदे सुगाले आफूले पदबाट राजीनामा दिने र पार्टीको आन्तरिक निर्वाचनमा पनि सहभागी नहुने निर्णय गरेपछि केही दिन पहिले किशिदालाई सत्तारुढ दलले पार्टी नेतामा निर्वाचित गरेको थियो ।

६४ वर्षीय किशिदा उदारवादी नेताका रुपमा परिचित हुनुहुन्छ । तर उहाँलाई आफ्नै पार्टीका रुढीवादी नेताहरुमाथि विजय प्राप्त गर्न भने कठिन हुने विश्लेषण गरिएको छ ।

किशिदा चीनसंगको सम्बन्ध, उत्तर कोरियाको परमाणु अस्त्रको सामना गर्न एसिया, युरोप र बेलायत तथा अन्य समान विचारधारा राख्ने लोकतान्त्रिक प्रणालीसहित जापान अमेरिका सुरक्षा सम्बन्ध र साझेदारको कट्टर समर्थक मानिनु हुन्छ ।

जापानको राजनीतिमा तेस्रो पिढीका रुपमा उदाउनुभएका किशिदा पहिलोपटक १९९३ मा हिरोशिमाबाट प्रतिनिधित्व गर्दै संसद प्रवेश गर्नुभएको थियो । उहाँ परमाणु निरस्त्रीकरण सम्बन्धी कानुनका ज्ञाता हुनुहुन्छ ।

पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको भावी प्रधानमन्त्री

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.