राजनीति

“प्रश्न उठेका न्यायाधीशहरुले राजीनामा दिए मपनि दिन्छु”

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरी संसद पुनःस्थापना गरेवापत मन्त्रिमण्डलमा भाग खोजेको आरोप खेपिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधनिक इजलाशको फैसलामा संलग्न सबै न्यायाधीशले राजीनामा दिए आफूले पनि दिने बताउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई कडा जवाफ फर्काउँदै उहाँले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताउनुभएको समाचार छ ।

आफूलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै भेट्न पुगेका १३ न्यायाधीशहरुलाई जवाफ दिंदै प्रधानन्यायाधीश राणाले अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न नसक्ने बताउनुभएको छ ।

संवैधानिक प्रधान न्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलाशले घण्टा तोकेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.