क्रिकेटखेल

कर्णालीद्वारा काठमाण्डु सामू जितको लागि १८१ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाण्डु गोर्खाज सामू जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए भने हुसेन तललते ३० बलमा १ चौका र २ छक्काको मद्दतमा ४० रन बनाए ।

त्यस्तै पवन सर्राफले २३ बलमा २ छक्काको सहयोगमा अविजित ३० रनमा अविजित रहँदा गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे । काठमाण्डुका लागि कप्तान करण केसीले दुई विकट लिए बने तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतियोगितामा कर्णालीले तेस्रो खेल खेल्दा काठमाण्डुको भने दोस्रो खेल हो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज लगातार तेस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता करण केसीको कप्तानीमा रहेको काठमाण्डु पहिलो जित निकाल्ने योजनामा रहेको छ । काठमाण्डु पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.