बिशेषराजनीति

न्यायक्षेत्रमा उठेका सवालहरुको अध्ययन गर्न नेपाल बार एसोसिएसनद्वारा समिति गठन

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । केही दिनअघि प्रधान न्यायाधीश र न्यायाधीशहरुको विचौलियासंगको सम्बन्धका बारेमा समाचारहरु सार्वजनिक भएका थिए ।

पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहनुभएको छ भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहनुभएको छ ।

समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य सङ्कलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयारी गर्ने समयसीमा रहेको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको जनाइएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.