राजनीति

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग मंगलबार भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो ।

अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मंगलबारै सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गर्नुभएको छ । सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.