जन सरोकार
डा केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा डा गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहनुभएको छ ।
मन्त्रालयले डा केसीले राख्नुभएका मागहरूप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनशनरत पक्षलाई आह्वान गरेको छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्