राजनीति
अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट
नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ ।
मिश्रीले बुधबार अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा उहाँहरूले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नुभयो ।
त्यस अवसरमा अर्थसचिव डा घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्