राजनीति

नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछ : अर्थमन्त्री डा वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताउनुभएको छ ।

नेपाल पूर्वाधार सम्मेलनको बारेमा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा वाग्लेले विगतमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलनभन्दा बिल्कुलै फरक किसिमको ब्राण्ड स्थापित गर्न आवश्यक काम गरिरहेको दाबी गर्नुभयो ।

“हामीले पूर्वाधार र लगानी क्षेत्रका नीतिगत तथा कानुनी सुधार गर्नका लागि आमूल परिवर्तनकारी पुनसंरचना गर्ने गरी काम अघि बढाइरहेका छौँ,” अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “हामीले आमूल परिवर्तनकारी संरचना निर्माण गर्ने गरी काम अघि बढाइरहेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले सरकारले आर्थिक, कानुनी, स्रोधसाधन, शान्ति, न्यायलगायतका क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्दै आइरहेको बताउनुभयो ।

“हामीले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर नीतिगत सुधार गरेर एकैपटक मुलुकलाई जुरुक्कै उठाउने गरी कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी क्षेत्रमा भित्र्याउने गरी आवश्यक नीतिगत र अन्य अप्ठेरालाई व्यवस्थित हुनेछ ।”(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.