‘टोकियो सप्ताह’को चार दिनमा सवा चार करोड येनभन्दा बढी संकलन
जापानमा एकीकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजना भैरहेको ‘टोकियो सप्ताह’को चौथो दिन नोभेम्बर ११ मंगलबारसम्म सवा चार करोड येनभन्दा बढी रकम संकलन भएको छ ।
गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा ८ नोभेम्बरदेखि टोकियोमा आयोजना भैरहेको छ ।
सप्ताहको दोस्रो दिन २ करोड ९४ लाख ७ हजार ८ सय ३० येन संकलन भएको थियो भने सप्ताह सुरु भएको तेस्रो दिन ५५ लाख, १९ हजार १ सय ७१ येन संकलनन भएको थियो ।

त्यसै गरी चौथो दिन हिजो मंगलबार ७९ लाख ४९ हजार ८ सय ८८ येन संकलन भएको एनआरएनए जापानले जनाएको हो ।
हरेक दिनको कथावाचन समापन भएपछि प्रेस विज्ञप्तिमार्फत संकलन भएको रकमको जानकारी दिंदैआएको आयोजक एनआरएनए जापानले सम्पूर्ण सहयोगी, समर्थक तथा सहभागी भक्तजनहरूमा आभार व्यक्त गर्दैआएको छ ।
यही नोभेम्बर १५ सम्म आयोजना हुने श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह २०२५ मा वाचन पण्डित दिनबन्धु पोखरेल र बौद्धगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले प्रवचन दिइरहनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्