राजनीति

संवादमा आउन प्रधानन्यायाधीश राणाको आव्हान

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूबिरुद्ध आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्नुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

प्रधानन्यायाधीश जबराले विज्ञप्तिमा लेख्नुभएको छ ‘विधिको पक्षमा दृढतापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’

उहाँले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताउँदै कानुन व्यवसायीको जारी आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने उल्लेख गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले विद्यमान गतिरोध तत्काल अन्त्य गर्न र न्याय निरुपणको वातावरण सिर्जना गर्ने एकमात्र विकल्प संवाद भएकोमा जोड दिंदै यस विषयमा सम्वेदनशील हुन आव्हान गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरुपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.