स्वास्थ्य

२८ वर्षपछि मासु ऐन कार्यान्वयनमा, जथाभावी विक्री गर्न निषेध

२८ वर्षअघि जारी भएको ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ आज मंसिर १ गतेबाट काठमाडौं उपत्यकाका तीन जिल्लाले कार्यान्वयनमा ल्याएका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ । सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसै अनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो ।

आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा यो ऐन लागू भएको छ । ऐन कार्यान्वयन भएसँगै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.