जन सरोकार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमाथि आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गरेको भन्दै राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले अनुसन्धान अधिकृत चौधरीले चौधरीले सेवामा रहँदा बढुवा तथा पदस्थापनको प्रयोजनका लागि भारतको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने प्रवीणता प्रमाणपत्र तह (आईए) को लब्धाङ्कपत्र, अस्थायी प्रमाण्पत्र (प्रोभिजनल), कलेज छोडेको पत्र (कलेज लिभिङ), चारित्रिक तथा माइग्रेसन (स्थानान्तरण प्रमाणपत्र) लगायत नक्कली प्रमाणपत्र पेस गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ती नक्कली प्रमाणपत्रका आधारमा रात्रपत्राङ्कित द्वितीय श्रेणी (प्रमुख अनुसन्धान अधिकृत) पदसम्म बढुवा भई राष्ट्रसेवकको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आरोपपत्र दायर गरेको बताउनुभयो ।

चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफाको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.