आजभोलि पुराना कला संस्कृति लोप हुन थाल्यो भनेर चिन्ता व्यक्त भैरहन्छ र देखिएको पनि त्यस्तै हो । कुनै पनि मेला तथा पर्वमा आधुनिक उपकरणहरु प्रयोग गरेर नाँच तथा गाउँने प्रचलन बढ्न थालेको छ ।
मौलिक र परम्परागत कला, संस्कृति तथा नृत्यहरु विस्थापित हुँदै जाने चिन्ता बढेसंगै जाजरकोटका ग्रामीण क्षेत्रमा स्थानीय लोकभाका संरक्षणमा गाउँलेहरु जुटेका छन् ।
आजभोलि जाजरकोटमा स्थानीय नाँच प्रर्दशनले तिब्रता पाएको छ । गाउँहरुमा स्थानीय कला, संस्कृति, गीत–संगीत निकै प्रचलत छ । कर्णाली प्रदेशको सबै भन्दा पुरानो खाँडो नाँच समेत जाजरकोटमै रहेको छ ।
भाला तथा तरवालको सहायतले नाँचिने खाँडो नाँच अहिले लोप अवस्थामा पुगेको छ । जाजरकोटमा ठाउँ अनुसारका आ-आफना संस्कृति रहेका छन् । स्थानीय सरकारले यि पुराना लोकसंस्कृतीलाई जर्गेना गर्नका लागि कुनै पहल गरेको पाइदैन ।
बाँकी यो भिडियोमा





प्रतिक्रिया राख्नुहोस्