राजनीति

पहिला मुक्का हान्नेलाई पक्राउ गर, अनि वार्तामा बस्छौं : जेनजी युवा

आन्दोलनरत जेनजी युवाले जिल्ला प्रशासन कार्यालय बाराले वार्तामा बस्न बोलाएको प्रस्ताव अस्विकार गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो ।

यता आन्दोलनरत जेनजी युवाहरुले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने बताएका छन् । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको जानकारी दिनुभयो ।

तर, जेनजी अगुवा उपाध्यायले वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त राखेका छन् । बुधबार जेनजी र एमालेबीच झडप हुँदा युवा संघका स्थानीय नेता साहले जेनजी युवामाथि मुक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.