जन सरोकार

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ (भिडियोसहित)

बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ ।

बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए ।

शतबीजलगायत वर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रको मुख्य मन्दिर क्षेत्रदेखि सुरु गरिएको सफाइ अन्य स्थानमा पनि गरिने उहाँले सुनाउनुभयो । केही दिनमै पशुपति क्षेत्रका सबै ठाउँमा गरिने कोषले जनाएको छ । पशुपति क्षेत्रको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, भक्तजनलगायत सहभागी भएका छन् ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.