क्रिकेटखेल

एनपिएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, चितवन राइनोज छ विकेटले पराजित

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । चितवनको सुरुआत भने सुखद रहेन । कूल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे ।

१५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवी वोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भए । यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबको भागमा समान दुई-दुई विकेट रह्यो । चितवनले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीको लागि गुलबदिन नैबले २४ बलमा समन३ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रन जोडे । यस्तै सन्दीप जोराले २८ रन जोड्दा, डार्सी सर्टले ११ र दिलिप नाथले १० रन बनाए । चितवनको लागि रिजन ढकालले दुई विकेट लिए भने शाहिल तनवीरको भागमा एक विकेट रह्यो ।

जारी प्रतियोगितामा चितवनको यो दोस्रो खेलमा पहिलो हार हो । जितसंगै लुम्बिनीले महत्वपूर्ण दुई अंक जोडेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.