मन्त्रिपरिषद्बाट प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत
मन्त्रिपरिषदले प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले प्रधानमन्त्री शाहको भ्रमण स्वीकृत गरेको हो ।
यसै गरी बैठकले चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरुप प्रदान गर्ने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै अन्तरराष्ट्रिय मुद्रा कोषले प्रदान गर्ने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।
यसै गरी बैठकले सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताउनुभयो ।
यसैगरी, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो । (रासस)




प्रतिक्रिया राख्नुहोस्