कला/मनोरन्जनविश्व समाचार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको दैनिक भास्कर लगायत विभिन्न भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

उनको अन्तिमसंस्कारका लागि अमिताब बच्चन, सलमान खान, संजय दत्त, अमिताभ बच्चन र आमिर खान लगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ अभिनेता धर्मेन्द्रको मृत्युलाई एक युगको अन्त्यको संकेतको रूपमा वर्णन गर्नुभएको छ ।

उहाँले एक्समा लेख्नुभएको छ, “धर्मेन्द्र जीको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य भएको छ। उहाँ एक प्रतिष्ठित चलचित्र व्यक्तित्व हुनुहुन्थ्यो, एक उल्लेखनीय अभिनेता जसले आफूले निभाएको हरेक भूमिकामा गहिराइ र आकर्षण ल्याए। विविध भूमिकाहरू चित्रण गर्ने उनको अद्वितीय शैलीले अनगिन्ती मानिसहरूको हृदय छोयो । धर्मेन्द्र जीलाई उहाँको सरलता, नम्रता र न्यानोपनको लागि उत्तिकै प्रशंसा गरिन्थ्यो। यो शोकको घडीमा उहाँको परिवार, साथीभाइ र असंख्य प्रशंसकहरूप्रति मेरो समवेदना। ओम शान्ति।”

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्स सहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो । धर्मेन्द्रको केही समयदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई गत हप्ता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

त्यसक्रममा उनको मृत्यु भएको खबर पनि मिडियामा आएको थियो, जसलाई उनको परिवारले अस्वीकार गरेका थिए ।

अभिनेता धर्मेन्द्रको मृत्युको खबर फैलिएपछि छोरी इशाको कडा आपत्ति

सन्नी देओलको आग्रह– “कृपया अफवाह नफैलाउनुहोस्”

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.